धनगढी : धनगढीमा आजदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै आज देखि १६ गतेसम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो।
विद्युत संरचना स्थानान्तरण गर्न हुदा विहान ८ बजेदेखि अपरान्ह १२ बजेसम्म विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार हसनपुर फिडरअन्तर्गत पर्ने नेपाल राष्ट्र बैंक आसपासको क्षेत्र र हसनपुरदेखि क्याम्पस चोक आसपासको क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।