१७ असार २०७९, शुक्रबार

विप्लव राखे शर्त, शर्त माने माओवादी केन्द्रसंग एकता गर्ने

८ असार २०७९, बुधबार
[Sassy_Social_Share]
विप्लव राखे शर्त, शर्त माने माओवादी केन्द्रसंग एकता गर्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्था र अलिहेको संविधानको विकल्प खोजे मात्रै पूर्व माओवादीहरुबीच एकता हुने बताएका छन्।

बुधबार अछाममा आयोजित कार्यक्रममा विप्लवले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि त्यही भनेको जानकारी दिए।

‘प्रचण्ड कमरेडलाई मैले के भनेको छु भने तपाईं पुरानो ठाउँबाट फर्किनुपर्छ,’उनको भनाइ छ, ‘अथवा संसदीय व्यवस्था नै ठिक हो, यही संविधान ठिक हो भन्ने कुरामा हाम्रो सहमति छैन । यो भन्दा राम्रो विकल्प खोज्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने हो भने एकता हुन सक्छ ।’

उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए ।

५ असारमा आयोजित एक कार्यक्रममा प्रचण्डले सबै पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण भएको दावी गरेका थिए। नयाँ प्रक्रियाल छिटै टुंगोमा पुग्ने पनि उनको भनाइ थियो।

‘एकता विभाजनको श्रृङ्खला पार गरेर यहाँ आइपुगेका छौं। माओवादी आन्दोलनभित्र पनि विभाजनको श्रृङ्खला र एकताको नयाँ प्रक्रिया हुँदै करिब करिब कस्तो ठाउँमा आइपुगेका छौं ।’

अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने , ‘सबै पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको छ। फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ। छिटै कुरो टुंगोमा पुग्दै छ।’

एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको प्रचण्डले बताए। ‘यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेक्दै अझै अघि बढ्ने संघर्षमा हामी छौं’ उनले भने।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo