नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ र उत्साही युवाहरुलाई तल्लो तहबाट होइन, बीचबाटै भएपनी स्थान दिनु पर्ने बताए । ‘पुराना दलहरूका तर्फबाट हामीले गर्न गर्नुपर्ने कुरा भने नयाँ नयाँ आकांक्षा भएका साथीहरुलाई अवसर दिनुपर्छ’, उनले भने, ‘दलभित्रै छिर्न डर लाग्ने अवस्थाको अन्त्य गरिनुपर्छ।’उनले नयाँ र उत्साही युवाहरुलाई तल्लो तहबाट होइन, बीचबाटै पनि अघि बढाउनुपर्नेमा जोड दिए।
‘पार्टीभित्र तल्लो खुड्किलाबाट होइन, बीच बाटैबाट पनि उनीहरुलाई अघि बढ्न पाउनुपर्छ भन्ने अभियानमा छौँ’, उनले भने, ‘पार्टीको सदस्यता प्रणालीले नै फेर्न लागिरहेका छौँ। यसलाई जति छिटो बदल्न सक्यो हामीलाई त्यति सहज हुन्छ।’