काठमाडौं। बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । उनले ५ सय डाक्टर र २५ सय नर्सिङ पढाउन मिल्ने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । आज बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।
प्रसाईकै निम्तोमा दुबईका राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम नेपाल आएका छन् । तीन दिने भ्रमणमा हिजो नेपाल आएका राजकुमार काठमाडौंबाट झापा पुगेका थिए । राजकुमार र आफूबीच दुबईमा मेडिकल कलेज खोल्ने विषयमा आपसी समझदारी भएको पनि उनले स्पष्ट पारेका छन् ।