धनगढी : एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन ) सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन गरिएको छ । बिहिवार भएको साधारणसभाबाट अध्यक्षमा तिर्थ राज पन्तलाई चयन गरिएको छ ।
अफिन सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा रमेश पाण्डेय, सचीवमा लोक राज भट्ट र कोषाध्यक्षमा धिरेन्द्र साउद चयन गरिएको छ ।
यस्तै सदस्यमा बेद प्रसाद जोशी, चक्र खडायत, गजेन्द्र बहादुर चन्द, बाल कृष्ण रिजाल र जे. पी.चन्दलाई चयन गरिएको सचीव लोक राज भट्टले जानकारी दिए ।
यसअघि एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन ) सुदुरपश्चिम प्रदेशको अध्यक्ष जनक राज जोशी रहेका थिए ।