कैलाली : कैलालीमा १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरिशंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ ।
चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो