कैलालीको घोडाेघोडी नगरपालिकाका प्रशासकीय अधिकृत दिपककुमार आचार्यले पत्रकारहरूलाई कलंक र मगन्तेको संज्ञा दिएका छन् । बिहिवार बिहान सामाजिक सञ्जालमा प्रशासकीय अधिकृत दिपककुमार आचार्यले लेखेका छन् -‘घोडाघोडीका केही कलंकहरू हो । पत्रकारिता वा कुनै बहानामा मागी खान पल्किँदा आज गाह्रो भएको होला, तिमीहरूसँग बिनाकारण झुक्नुभन्दा नियमित सरुवा उचित ठानेको छु’
प्रशासकिय अधिकृतको उक्त भनाईप्रति पत्रकार महासंघ कैलाली शाखाले आपत्ति जनाएको छ ।