धनगढी :आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट विनियोजन गरेको छ ।
बुधबार प्रदेश सरकारका अर्थमन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्ये सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।
यसैगरी, सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।