धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने जनाएको छ । बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।