KhabarUjyalo

सुदूरपश्चिम सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन

१ असार २०७९, बुधबार
सुदूरपश्चिम सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको बताएका हुन् ।

उनले आमसञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफएम रेडियोलाई पूँजीगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न र लोक कल्याणकारी विज्ञान समेतका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको बताए। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo