धनगढी: सुदूरपश्चिम सरकारले विदेशबाट कृषिको सिप सिकेकालाई प्रदेशमा आफ्नो फर्म सञ्चालन गर्न बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष२०७९/८० को बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थमन्त्री प्रकाश रावलले वैदेशिक रोजगारीबाट कृषि तथा कृषीजन्य सिप सिकेकालाई प्रदेशमा फर्म सञ्चालन गर्नेलाई ५ करोड विनियोजन गरिएको बताए ।