KhabarUjyalo

१८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउँदै सरकार

१ असार २०७९, बुधबार
१८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउँदै सरकार

काठमाडौं । कानुनमन्त्री गोविन्द बन्दीले विवाहको हदम्यादसम्बन्धि कानुनको समीक्षा भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँने क्रममा मन्त्री बन्दीले १८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउने विषयमा छलफल भइरहेको बताए ।
‘१६ वर्षमा नागरिकता पाउँछ । १८ बजे भोट हाल्छ । विवाह गर्न २० वर्ष कुर्नुपर्छ । विवाह गर्न २० वर्षसम्म कुनुपर्ने कुनै मापदण्डले देखाउँदैन,’ उनले भने, ‘यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ । यसमा रिभ्यू गर्नैपर्छ ।’

कानुन मन्त्रालयले यसको भिभ्यू थालिसकेको उनको भनाइ छ । कांग्रेस सांसद पुष्पा भुसालले विवाहको हदम्याद पुर्नविचार गरिनुपर्ने बताएकी थिइन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo