धनगढी,१ असार । धनगढी उपमहानगरपालिकाले धनगढीका नालाहरूको अतिक्रमण हटाउन थालेको छ । बुधबारदेखि उपमहानगरपालिकाले तारानगर क्षेत्रका नालाहरूको अतिक्रमण हटाउन सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए । धनगढी डुवानको मुख्य कारण खोलानाला अतिक्रमण भएकाले खोलानाला अतिक्रमण नहटाउन्जेल सम्म धनगढी डुवानको समस्या समाधान नहुने भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गरेको नगर प्रमुख हमालले बताए ।
सो कार्यमा सहयोग गरिदिनहुन सम्पूर्ण धनगढीवासीमा उनले अपिल गरेका छन् ।