बैतडी, बैतडीको पाटन ८ खोडपेमा पानीको हाहाकार भएपछि दमकलबाट खानेपानी परिपुर्ति गरिदै आएको छ। लिफ्टिङ खानेपानी योजना ५ दिनदेखि अबरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको परिपूर्ति गरिएको हो ।
जिल्लाकै मुख्य ब्यापारीक केन्द्र रहेको खोडपे बजार क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएपछि दमकलबाटै भएपनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवम पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
बिद्युतबाट लिफ्टिङबाट संचालनमा रहेको सिद्धेस्वर खानेपानी योजनामा उपकरणमा बेला बेला आउने समस्याका कारण खानेपानी योजना अबरुद्ध बन्ने गरेको खानेपानी योजनाका सचिव मोहन बिष्टले बताए ।