धनगढी,३१ जेठ । कैलाली उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मङलबार एक कार्यक्रमका बिच उनीहरूले शपथ लिएका हुन् । निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन संयोजक लोक बहादुर विष्टले शपथ ग्रहण गराएका हुन् । जेठ २८ गते सम्पन्न भएको निर्वाचनमा पुष्पराज कुँवर प्यानल सहित विजयी भएका थिए ।
कुँवर प्यानल बाट वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
यस्तै सदस्यहरूमा अम्बिका भण्डारी, कवीन्द्र पन्त, कृष्णाकुमारी विष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, वासुदेव भट्ट, मिलन कुँवर, रबी कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन्। शनिवार भएको सङ्घको चुनावमा १ हजार ९५ मत खसेको थियो।