महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा १३ का वडाध्यक्ष राम बहादुर बोहराले आफू बस्ने कुर्सीमा भगवान रामको फोटो राखेका छन् । भने उनले घरबाटै प्लाष्टिकको पुरानो कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेर जनताको सेवामा समर्पित रहेका छन् ।
जनताको शासक नभई सेवक भएर जनतालाई भगवानकै रुपमा मानेर भगवानलाई साँक्षी राखि जनताको काम गर्ने लागेको बताए ।
वडाध्यक्ष बोहराले सरकारी कुर्सीमा श्रीराम लेखिएको गम्छा त्यसमा रुपैँयाको माला, फुलमाला र भगवान श्रीराम ,सिता र हनुमानको फोटो राखेर सजाएका छन । वडाध्यक्ष बोहराले आफु पहिलेदेखी नै धार्मीक आस्थावान भएको बताए । बोहरा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन ।