डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा मृत फेला परेका देवर–भाउजुको शव पोष्टमार्टमका लागि जोगबुढा लगिएको छ। रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका देवर–भाउजूको शवलाई परशुराम नगरपालिका–१२ स्थित जोगबुढा अस्पतालमा लगिएको हो।
घटनास्थलमा अन्य कुनै प्रमाण फेला नपरेको र पोष्टमार्टमपछि घटनाबारे थप विवरण खुल्ने इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।
सोमबार आलिताल–३ को कैलाश समैजेश्वर सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा देवर–भाउजूको शव फेला परेको थियो।