लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्।
आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेपछि मन्त्री नै कुटपिटमा उत्रिएकि थिईन ।