KhabarUjyalo

धनगढीको गर्मी छल्न गुलरियाको पोखरी स्विमिङ्ग पूलमा !

३१ जेष्ठ २०७९, मंगलवार
धनगढीको गर्मी छल्न गुलरियाको पोखरी स्विमिङ्ग पूलमा !

धनगढी : गर्मी छल्न स्विमिङ्ग गर्नेहरुको सङ्ख्या बढ्को छ । कैलाली कञ्चनपुरका जिल्लामा दिनहुँ तापक्रम बढेपछी गर्मी छल्न कञ्चनपुरको कृष्णपुर ४ गुलरियामा रहेको पोखरी रेष्टुरेन्ट एण्ड स्विमिङ्ग पूलमा स्विमिङ्ग गर्नेको संख्या बढेको छ ।

केहिदिन देखि गर्मी बढेपछि स्विमङ्गका लागि धनगढी, अत्तरिया, गुलरिया, बाणीबाट स्विमिङ्ग गर्नका लागि दैनिक रुपमा ७०-८० जना आउने गरेको स्विमिङ्ग पुल सञ्चालक शुशिल शाहीले बताए । धेरै जसो स्विमिङ्ग गर्न धनगढीबाट आउने गरेको बताए । बिदाको दिन १५० देखि २०० जनासम्म स्विमिङ्ग गर्न आउने गरेको उनले बताए । चिसो पानीमा स्विमिङ्ग गरेर आनन्दपछी स्विमिङ्ग पूल नजिकै रहेका लटरम्म फलेका आँपका रुखमै पाकेको आँप खादै आनन्दको महसुस लिने गरेका छन् । यस्तै स्विमिङ्ग गर्नेको संख्या बढेसङ्गै कटेजमा नास्ता पनि राम्रो बिक्री हुने गरेको सञ्चालक शाहीले बताए ।

धनगढीमा पनि स्विमिङ्ग भएपनी यहाँ मोटर बोरिन्ङ्गबाट निरन्तर स्विमिङ्ग पूलमा पानी आइराख्ने कारण चिसो पानी हुने भएकाले गर्मीलाई छल्न धनगढीबाट स्विमिङ्ग गर्न यता आउने गरेको विपि बयालले बताए । यस्तै धनगढीका राजन भण्डारी पनि गर्मी छल्न केही घण्टा स्विमिङ्ग गर्न गुलरिया पुग्ने गरेको बताए ।

‘सुरु पोखरीमा पालेका माछालाई राख्नका लागि बुबाले पोखरी बनाएको हो । पछि स्विमिङ्गका लागि राम्रो हुन्छ। भनेपछि स्विमिङ्ग पूल संचालकमा ल्याएका हौ । गर्मीमा स्विमिङ्ग गर्न धनगढी, अत्तरिया, झलारी र नजिकाका क्षेत्रबाट आउने गरेका छन्।’

उनले भने- ‘एक घण्टा स्विमिङ्ग गरेको एक सय ५० लिने गरेका छौँ, कसैले स्विमिङ्ग पूलमा पानी सफा र चिसो कस्तो छ भनेर सोध्छन्, हामीले भन्ने गर्छौ पानी चिसो र सफा पानी तपाईलाई लागेन्न तपाईलाई स्विमिङ्गको आनन्द नआए पैसा फिर्ता गर्दिने भन्छौं, स्विमिङ्ग गरिसकेपछि सबैले स्विमिङ्गमा आनन्द आएको प्रतिक्रिया दिन्छन्।’

सुदूरपश्चिममा मनसुनी बर्षा नहुदा कैलाली, कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि कैलाली कञ्चनपुरमा बिद्यालय बन्द गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo