KhabarUjyalo

नवजिवन अस्पतालमा जटिल रोगको सफल शल्यक्रिया

३० जेष्ठ २०७९, सोमबार
नवजिवन अस्पतालमा जटिल रोगको सफल शल्यक्रिया

धनगढी : धनगढीस्थित नवजिवन अस्पतालले जटिल रोगको सफल शल्यक्रिया गरेको छ ।
कैलालीको भजनीकी ५५ बर्षिया महिलाको ठूलो आन्द्रामा देखिएको जटिल रोगको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार पेट दुख्यो भनेर इमर्जेन्सीमा भर्ना भएकी ती महिलाको चेकजाँच गर्दा उनको ठूलो आन्द्रामा संक्रमण देखिएको जनाएको छ । महिलाको समयमै अप्रेसन हुँदा आन्द्रामा संक्रमण हुन नसकेको अस्पतालका सिइओ चक्र खडायतले बताए । बिरामीलाई सन्चो भएर डिस्जार्च गरिएको उनले बताए ।

अस्पतालले जटिल प्रकारका रोगको सफल शल्यक्रिया गरिरहेको अस्पतालका सिईओ खडायतले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo