डडेल्धुरा: डडेल्धुरामा देवर–भाउजू एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
आलिताल–५ भावरका धनबहादुर विककी श्रीमति पशुपति विक र धनबहादुरका सहोदर भाइ गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार आलिताल ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा सोमबार फेला परेको जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।