काठमाडौ : नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला बिकलाई हेलिकप्टरसहित पुगेको नेपाली सेनाको विशेष टोलीले उद्धार गरेको हो । उनले आफू पारिवारिक तनावले बिजुलीको पोलमा चढेको बताए छ ।
आइतवार दिउँसो भेट्न पुग्दा हिमबहादुरले मर्न सजिलो रहेन छ भन्ने निष्कर्ष सुनाए– ‘भाग्यमा छैन भने त यत्तिकै मर्न पनि पाइँदैन । अनि दिन आएपछि जान्नँ भन्न पाइँदैन, जानैपर्छ ।’
‘अब सिधै माथि जाने भनेर खम्बामा गएर पहिले ढोगें । हे ईश्वर ! अब तिमी र म सँगै बस्ने ल भनेर विस्तारै माथि चढ्दैचढ्दै गएँ । माथि गएपछि त कोही माइल्दाइ भन्न थाले, कसैले ओइ काले तल झर भन्न थाले । मलाई रिस उठ्दै गएपछि ल आइज न त भनेर अझै माथि गएँ । जेहोस्, सप्लाइ भो । मनको चाहना सप्लाइ भो,’ उनले भने ।
माथि गइसकेपछि आफूलाई तल आउनै मन नलागेको उनले बताए ।
‘ढोग्दा करेन्ट लागेन । यसो सोचें, यो खतरा करेन्ट भन्या छ, बीचतिर गएर बस्छु । त्यहाँ बस्यो भने कोही पनि आउँदैन भन्ने लाग्यो । सुइँसुइँ माथि गएँ, अझै करेन्ट लागेन । माथि गएपछि तल आउन मन लागेन ।’
उनले थपे, ‘माथि उड्न सजिलो हुने रहेछ, तल गाह्रो । त्यहाँ त काँडाले पनि नघोच्ने, सुइँसुइँ लठ्ठा तान्यो, कस्तो मज्जा !’
आफूलाई अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें भन्ने गफ पनि उनले दिए ।