KhabarUjyalo

उच्च रक्तश्रावका कारण बझाङकी एक सुत्केरी युवतीको मृत्यु

२९ जेष्ठ २०७९, आईतवार
उच्च रक्तश्रावका कारण बझाङकी एक सुत्केरी युवतीको मृत्यु

बझाङ । बझाङकि एक सुत्केरी युवतीको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ । सुत्केरी ब्याथा लागे पछि जिल्ला अस्पताल बझाङमा ल्याएकी छबिस पाथीभेरा गाउँपालिका – २ की २४ बर्षिया गंगा ऐडिको थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
जिल्ला अस्पाताल बझाङमा सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्राव भएकाले थप उपचारका लागी बिहिबार नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको थियो ।कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आईतबार बिहान ऐडिको मृत्यु भएको हो । ऐडी छबिसपाथीभेरा गाउँपालिकाको कृषी शाखामा कार्यरत कर्मचारी हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo