धनगढी : भारतबाट स्वदेश फर्केका अछामका एक पुरुषको धनगढीमा मृत्यु भएको छ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो ।
भारतबाट शाहसहित केही व्यक्ति सङ्गै फर्केका उनी धनगढी बसपार्कको होटेलमा बसेका थिए । शाह बिरामी भएपछि सेती अस्पतालमा उपचारपछि घर हिँडेका शाह कैलालीकै फल्टुडे पुगेपछि शाह फेरि बिरामी भएका भएका थिए ।
उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल ल्याइएका उनलाई उपचारका क्रममा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले जानकारी दिए ।
मृतकका आफन्तले भने शाहको हत्या भएको भन्दै जाहेरी दिने तयारी गरेका छन्।
मृतकको सेती अस्पतालमा पोस्टमार्टम गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको छैन ।