KhabarUjyalo

अत्तरिया हस्पिटलद्वारा कृष्णपुर – ६ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

२८ जेष्ठ २०७९, शनिबार
अत्तरिया हस्पिटलद्वारा कृष्णपुर – ६ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ। शनिबार कंचनपुरको कृष्णपुर नगरपालिका ६ अन्तर्गत मौरीफाटा र बालुवाफाटामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको हस्पिटलले जनाएको छ ।

उक्त शिविरमा ल्याप्रोस्कोपिक सर्जन फिजिसियन र स्त्री रोग सम्बन्धि चेक जाँच भएको थियो । शिवीरमा झन्डै ४०० जनाले स्वास्थ्य परामर्श लिएको अत्तरिया हस्पिटलले जनाएको छ ।

शिविरमा स्वास्थ परामर्शपछि औषधि पनि नि:शुल्क उपलब्ध गराएको हस्पिटलले जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo