नुवाकोटको ककनी वडा नं ७ मा रहेको हाइटेन्सन लाइनमा एक व्यक्ति चढेर ओर्लिन नमान्दा काठमाडौंमा विद्युत अवरुद्ध भएको छ। करेन्ट लाग्नसक्ने आसंकामा विद्युत बन्द गरिएको हो। उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्।
प्राधिकरणका अनुसार त्रिशुली थ्री ए आयोजना बाट काठमाडौं ल्याइएको विद्युत २२० केभी लाइनको पोलमा चढेका छन् ।
उनले पोलमा चढेर विद्युत लाइनहरु चलाइरहेका छन्। त्यस लाइनमा डबल सर्किट छ। एउटामा चार्ज छ र अर्कोमा छैन।
चार्ज नभएको सर्किटमा चाहि ती व्यक्ति छन्। ६० मेगावटाको प्लान्ट नै अहिले बन्द गरिएको प्राधिकरणले जनाएको छ।