KhabarUjyalo

आमाले मोबाइलमा गेम खेल्न नदिदा बालकले गरे आत्महत्या

२८ जेष्ठ २०७९, शनिबार
आमाले मोबाइलमा गेम खेल्न नदिदा बालकले गरे आत्महत्या

काठमाडौा — मुम्बईको एक १६ वर्षीय बालकले आमाले मोबाइलमा गेम खेल्न नदिएको सानो कारणले नै आत्महत्या गरे । आत्महत्या गर्नुअघि बालकले एउटा चिठ्ठी पनि लेखेका थिए। नोटमा उनले आत्महत्या गर्दैछु, अब कहिल्यै फर्किएर आउँदिनँ । मलाई खोज्ने प्रयास नगर्नुहोस् लेखेका थिए ।

बालकको नाम ओम भरत हो र उनको उमेर १६ वर्ष मात्र थियो। उनले सुसाइड नोटमा आफूलाई घरपरिवारले सधैं पढ्न दबाब दिने गरेको पनि लेखेका छन्। बिहीबार साँझ ओम मोबाइलमा गेम खेलिरहेको बेलामा उनकी आमाले उनको हातबाट मोबाइल खोसेर पढ् भन्दै गाली गरेकी थिइन् ।

बाहिर गएर केही समयपछि आमा घर फर्किँदा उनले ओमको सुसाइड नोट फेला पारेकी थिइन्। नोट भेटेपछि परिवारले डिन्डोशी प्रहरी चौकीमा खबर गरेको थियो । डिन्डोशी प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक बालकको शव फेला पारेको जानकारी पाए। प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ । इन्डिया टिभी ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo