धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र तथा धार्मिकस्थल खप्तड क्षेत्रमा पहिलो पटक योग शिविर संचालन भएको छ ।
धार्मिक एबम् ऐतिहासिक क्षेत्र त्रिबेणी धाममा नेपालका प्रख्यात योग गुरुहरुबाट योग शिबिर संचालन गरिएको हो।
खप्तड पर्यटन बिकास समितीको आयोजनामा क्षेत्र नं ५ वाहिनी अड्डा राजपुर ब्यारेक , नेपाली सेना दिपायल र डोटी उद्योग वाणिज्य संघ लगायत सहजकर्तामा गंंगादशहरा मेलाको अबसरमा बिहिबार योग शिबिर संचालन गरेको थियो ।
हिन्दु नेपालीहरुको आस्थाको केन्द्र समेत रहेको खप्तड क्षेत्रमा नेपालका ख्याती प्राप्त योग गुरुहरुले प्रबचनका साथै योगासन समेत गराउनु् भएको थियो । योगगुरु डा. चिन्तामणीनाथ योगी , ब्यासाचार्य किशोर गौतम, योगाचार्य पुष्पराज पुरुषले संयुक्तरुपमा योग शिबिर तथा प्रवचन गरेका थिए ।