काठमाण्डौँ। समाजसेवी,व्यवसायी तथा बुद्धिजीवी बिमल साउँदले जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई भोजन गराएका छन्। धनगढी उपमहानगरपालीका ४ ओम शान्ति टोलका साउँदले जन्मदिनको अवसरमा काठमाण्डौँस्थीत नवजीवन परोपकार समाज बृद्धा आश्रममा भोजन गराएका हुन् ।हाल कामको सिलसिलामा काठमाण्डौँ रहेका साउँदले प्रत्येक बर्ष सामाजिक कार्य गरेर जन्मदिन मनाउँदै आएका छन् । आफ्नो ३१ औँ जन्मदिनको अवसर पारेर यस बर्ष काठमाण्डौँस्थीत नवजीवन परोपकार समाज बृद्धा आश्रममा गएर आश्रममा रहेका जेष्ठ आमाबुवालाई धर्मपत्नी कुसुम केसी सहित साउँदले निशुल्क एकछाक भोजन गराएका हुन्। कुशल ब्यवसायी, समाजसेवी तथा बुद्धीजिवी साउँदले दुखीपिडीतलाई केही मात्रामा भएपनी सहयोग गर्ने भावना जागेकाले आश्रममै जन्मदिन मनाएको बताए । जन्मदिनमा आश्रममा रहेका जेष्ठ आमाबुबालाई सेवा गर्न र भेटघाट गर्न पाउँदा निकै सुखी लागेको बताए । उनले भने, आफुले पनी बिभिन्न समाज सेवा र सहयोग गर्दै आइरहेको बताउँदै आश्रममा आएर जन्मदिन मनाउन पाउँदा अझ बढी सुखी लागेको भने ।
साथै खानपान लगायत अन्य ब्यवस्थापनमा खटिने कर्मचारीले गर्ने ब्यवहार माया र सम्मान निकै राम्रो छ उनले भने । साथै उनले कहिलेकाँही आश्रममा सेवा सम्मान लगायत केही समस्या आउनसक्ने भएकाले यस्लाई सहज रुपमा लिन र धैर्य बन्न सबैलाई सुझाब दिए। साउँदले जन्मदिने आमाबुवा आश्रममा रहेकाले उनीहरुलाई कर्मदिने आमाबुवा सम्झेर नै माया स्नेह र सम्मान ब्यवहार राखीराख्न बिश्वास दिएका छन्। यस्तै नवजीवन परोपकार समाज बृद्धा आश्रमपरिवारले पनी साउँदले आफ्नो शुभ जन्मोत्सवको अवसरमा नवजीवन परोपकार समाजमा भोजन सेवा गराएको बताएको छ। बिमल साउँद र साथमा उनकी धर्मपत्नी कुसुम के सी उपस्थित भई सेवामा सहजीकरण सेवा गरेकोमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन् । साथै समाजसेवी, ब्यवसायी तथा बुद्धिजीवी बिमल साउँदलाई जन्मदिनको हार्दिक शुभकामना सुस्वास्थ्य र दीर्घायुको कामना ब्यक्त गरिएको छ ।