धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।
१७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न,लत्ता कपडा,विद्युतीय , कस्मेटिक,फर्निचर,खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध छन् । त्यसैगरी स्टोरमा रेष्टूरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्स) पनि सुचारु हुनेछ ।
सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए । उनले स्टोर २ अर्बको लागतमा सञ्चालनमा आएको बताए ।
शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाट–भटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए । साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उनले जनाए