काठमाडौं । नेकपा एमालेका सांसद बिमला विकले किसानहरु मल खोज्न हैरान भइरहेको र संसद्मा सांसद्हरु मन्त्री खोज्न हैरान भइरहेको भन्दै व्यंग गरेकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सांसद्हरुले खेतीको समयमा किसानले मलखादका लागि भोग्नुपरेको सास्तीका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘वर्षासँगै धानखेती शुरु भयो । किसान मल खोज्न हैरान छन् । हामी मन्त्रीज्यू खोज्नमा हैरान छौं । न किसानले मल भेटे, न हामीले मन्त्री भेट्यौं,’ उनले भनिन्, ‘म सरकारलाई सोध्न चाहन्छु किसानले मल पाउँछन् कि पाउँदैनन्।’