KhabarUjyalo

डोटीका एक बालक बेपत्ता भएको १८ दिन पछि मृत फेला

२७ जेष्ठ २०७९, शुक्रबार
डोटीका एक बालक बेपत्ता भएको १८ दिन पछि मृत फेला

डोटी- बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटिएको छ । डोटीको शिखर नगरपालिका-७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल मृत अवस्थामा भेटिएका हुन् ।

जेठ ८ गते घरबाट निस्किएका बालकको परिवार तथा गाउँलेले खोजी गर्दा भेटाउन नसके पछि २० गते प्रहरीमा निवेदन दिईएको थियो । बालकको शव शिखरको लेकमा रहेको तलाउमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

हराएको भैंसी खोज्न गएका गोठालाले शव भेटाएपछि स्थानीयलाई खबर गरेका थिए

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo