१७ असार २०७९, शुक्रबार

अव एमबीबीएस पढ्न ४६ लाख रुपैयाँ लाग्ने

२० जेष्ठ २०७९, शुक्रबार
[Sassy_Social_Share]
अव एमबीबीएस पढ्न ४६ लाख रुपैयाँ लाग्ने

काठमाडौं, जेठ २० । नेपालको चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहमा ३ दशमलव ६ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो । यो शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपियाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७ सय २१ रुपैयाँ पुगेको आयोगले जनाएको छ । बीडीएसको शुल्क २० लाख ९२ हजार २ सय ८४ रुपैयाँ पुगेको छ ।

त्यसै गरी बीएससी नर्सिङको लागि १० लाख ३६ हजार, बीएएमएसको ११ लाख ३१ हजार ९ सय ३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटी, एमएलटी, बीएससी, एमआईटी, बीएससी मेडिकल माईक्रोबायोलोजी बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार र बी फर्मा बीपीएच बीओपीटीएम बीएएसएलएपीको ७ लाख ७७ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने आयोगले जनाएको आजको नेपाल समाचारपत्र दैनिकबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo