काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आगामी आर्थिक बर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण तर्फ बजेट बढेको छ। अर्थ मन्त्रालयका अनुसार डडेल्धुराले आगामी आर्थिक बर्ष २०७९/८० का लागि २ अर्ब ५९ करोड ७२ लाख बजेट पाएको हाे।
चालु आर्थिक बर्षमा डडेल्धुराले २ अर्ब ४० करोड ८१ लाख बजेट पाएको थियो । चालु आर्थिक बर्ष भन्दा आगामी आर्थिक बर्षको बजेट करिब १९ करोडले बढि हो ।
२ नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा नगरपालिकाले ९८ करोड ५० लाख बजेट पाएका छन् । जसमध्ये अमरगढी नगरपालिकाले ५० करोड ४४ लाख बजेट पाएको छ । सो नगरपालिकाले चालु आर्थिक बर्षमा ४० करोड ७४ लाख बजेट पाएको थियो ।
यस्तै परशुराम नगरपालिकाले आगामी बर्षका लागि ४८ करोड ६ लाख बजेट पाएको छ। चालु आर्थिक बर्षमा परशुरामले ४५ करोड १७ लाख बजेट पाएको थियो ।
यस्तै अजयमेरु गाउँपालिकाले ३६ करोड ९२ लाख, आलिताल गाउँपालिकाले ३२ करोड ७८ लाख, गन्यापधुरा गाउँपालिकाले २८ करोड ९४ लाख, नवदुर्गा गाउँपालिकाले ३१ करोड ४३ लाख र भागेश्वर गाउँपालिकाले ३१ करोड १५ लाख बजेट पाएका छन्।
चालु आर्थिक बर्षमा यी पाँच गाउँपालिकाले क्रमशः ३६ करोड ३० लाख, ३० करोड ८४ लाख, २६ करोड २८ लाख, ३० करोड ७८ लाख र ३० करोड ९० लाख बजेट प्राप्त गरेका थिए ।