Khabar Ujyalo

खान पुगोस् दिन पुगोस् अभियानद्वारा बैतडीमा ३२ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण !

१६ जेष्ठ २०८२, शुक्रबार
खान पुगोस् दिन पुगोस् अभियानद्वारा बैतडीमा ३२ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण !

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाको एक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

समाजसेवी तथा युवा व्यवसायी घनश्याम भट्ट नेतृत्वको ‘खान पुगोस् दिन पुगोस’ अभियानअन्तर्गत पहाडी जिल्लामा सुरु गरेको ‘विद्यार्थीसंग हामी’ कार्यक्रम अन्तरगत शुक्रबार पुर्चौडी नगरपालिका – ८ को रत्न आधरभुत विद्यालय रत्नपुरमा अध्ययनरत ३२ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।

खान पुगोस् दिन पुगोस् अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशका पडाडी जिल्लाका विकट बस्तीका गरिव, विपन्न, दलित बर्गलाई लक्षित गरि ‘विद्यार्थीसंग हामी’ कार्यक्रम अन्तर्गत अध्ययनरत ३२ बालबालिकालाई ट्र्याकसुट वितरण गरिएको खान पुगोस् दिन पुगोस् अभियानका संयोजक घनश्याम भट्टले बताएका छन् ।

सरकारी स्कुलप्रती समाजको सकारात्मक सोच रुपान्तरण गर्ने उदेश्यले स्वदेश तथा विदेशमा रहकाले सानो-सानो सहयोग जुटाउने अभियान गरेको र जुटेको सहयोगबाट गरिव विपन्न बर्गका बालबालिकालाई सहयोग गर्न यो अभियान थालिएको संयोजक भट्टले बताएका छन् ।

स्वस्फूर्त रुपमा सहयोग संकलन गरेर तराईको जिल्लाबाट विकट क्षेत्रमा रहेको आफ्नो विद्यालयमा पुगेर विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेकोप्रती विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर धानुकले धन्यवाद प्रकट गरे ।

पोसाक वितरण कार्यक्रममा पुर्चौडी नगरपालिका ८ का वडाध्यक्ष विरबहादुर बोहरा, स्कुलका अध्यक्ष सुरेन्द्र बहादुर धानुक, समाजसेवी मोहन बहादुर बिष्ट, इश्वरी बिष्ट, साबु राना, छविलाल लामिछाने, शिव धामी लगायत अभिभावकहरुको पनि सहभागीता रहेको थियो ।

 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.