KhabarUjyalo

अधिवक्ता जोशीद्वारा बैजनाथ मावि बेलडाँडीलाई शैक्षिक टोकरी सहयोग !

२१ बैशाख २०८२, आईतवार
अधिवक्ता जोशीद्वारा बैजनाथ मावि बेलडाँडीलाई शैक्षिक टोकरी सहयोग !

धनगढी : ‘जोशी ल एन्ड एसोसिएट्स’, अनामनगर, काठमाडौँका सञ्चालक अधिवक्ता दीपकराज जोशीले बैजनाथ माध्यमिक विद्यालय, बेलडाँडी ५, झिलमिला, कञ्चनपुरलाई शैक्षिक सामग्रीसहितका १५ ओटा शैक्षिक टोकरी सहयोग गरेका हुन् ।

शैक्षिक टोकरीमा अन्य शैक्षिक सामग्री निर्माण गर्न आवश्यक पर्ने टुलस् र दैनिक प्रयोगका सामग्री रहेका छन् । बैजनाथ मा.वि.का प्रत्येक शिक्षकलाई एक एक ओटा टोकरी आज वितरण गरिएको हो ।
प्रत्येक शैक्षिक टोकरीमा कैँची, स्टिच, ग्लुस्टिक, टेप, पन्चिङ्ग मेसिन, स्केल, टिपेक्स, हाइलाइटर, पेन्सिल कलर, साइनपेन कलर, ब्यान्डेज, रातोकालो डट्पेन, पेन्सिल, कटर, मेटर, शिक्षक डायरी आदि सामग्री रहेका छन् भने सानो कक्षामा शिक्षण सहजीकरण गर्ने शिक्षकको टोकरीमा ऐना, काइँयो, नङकटर, साबुन आदि सामग्री पनि राखिएका छन् । यी सामग्रीको प्रयोगबाट शिक्षण सहजीकरण क्रियाकला गर्न सहज हुने विश्वास विद्यालयले गरेको छ ।
विद्यालय शिक्षा सबैको सरोकारको विषय हो । नेपालको सामुदायिक विद्यालय शिक्षालाई सबल बनाउनु राज्यको मुख्य दायित्व हो भने त्यसका लागि सबैले आ–आफ्नोतर्फबाट रचनात्मक सहयोग गर्नुपर्ने देखिन्छ ।
सामुदायिक विद्यालयप्रति नकारात्मक भवना फैलाउनुभन्दा आफूले सकेको सहयोग गर्ने कुरा धेरै ठुलो भएको प्रध्यानाध्यापक तीर्थराज भट्टले बताउनु भयो । उनले थपे “यी सामग्रीहरू सामान्यजस्तो देखिए पनि शिक्षकका औजारहरू नै यिनै हुन्, र यी सामग्रीको एक सेट त विद्यालयले आफै पनि किन्न सक्ला तर प्रत्येक शिक्षकलाई एकएक पुग्ने गरी किन्न सक्ने आर्थिक अवस्था हाम्रो विद्यालयको छैन । तसर्थ अधिवक्ता जोशीप्रति हामी निकै आभारी छौँ ।”
कानुन व्यवसायी जोशी सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo