KhabarUjyalo

प्रदेश सांसद डा. जोशीद्वारा धनगढीमा विद्यार्थीलाई एआईको भुमिकाबारे प्रशिक्षण

२० बैशाख २०८२, शनिबार
प्रदेश सांसद डा. जोशीद्वारा धनगढीमा विद्यार्थीलाई एआईको भुमिकाबारे प्रशिक्षण

धनगढी : सुदूरपश्चिम प्रदेशका सांसद डा. तारा जोशीले धनगढीमा विद्यार्थीलाई (एआई) सम्बन्धी वर्कसप गराएका छन् ।

प्रदेशका सांसद डा. जोशीको सचिवालको आयोजनामा धनगढीका विभिन्न कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई एआईसम्बन्धी वर्कसप गराएका हुन् ।

कार्यक्रममा सांसद जोशीले एआईको प्रयोग केवल प्रविधिमा सीमित नरही शिक्षा स्वास्थ्य, कृषि, पर्यटक, विद्युत, सुरक्षा र प्रशासन क्षेत्रमा एआईको ठूलो करिअर सम्भावना रहेको र विद्यार्थीहरूलाई यसतर्फ आकर्षित हुन आह्वान गरेका छन् ।

सरकारले बजेट कार्यकर्ता रिझ्याउने र कार्यकर्तामुखी बनाउने गरेकाले अबको बजेटमा एआईलाई समेटर लैजान सके सामाजिक र आर्थिक विकाससहित दिगो विकासका लक्ष्य हासिल गर्न समेत टेवा पुर्‍याउने भन्दै विद्यार्थीलाई वर्कसपको आयोजना गरिएको सांसद जोशीले बताए ।

प्रशिक्षणपछि प्रशिक्षार्थीहरूले वास्तविक जीवनमा एआई उपयोग गर्न सके विभिन्न परियोजनाहरूमा काम गर्न अवसर पाउने बताएका थिए ।

कार्यशाला गोष्ठीको समापनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रदेश सांसद, प्रदेश सचीवको सहभागी रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थी र प्रशिक्षकले सामाजिक बिकास मन्त्रीलाई प्रदेशमा एआई सेन्टर स्थापना गर्न ध्यानाकर्षण समेत गराएका थिए ।

सहभागी प्रदेशका प्रतिनिधिले प्रदेश सभामा आगामी नीति तथा कार्यक्रममा एआईको क्षेत्रलाई समेटन दबाब सिर्जना गर्न धारणा राखेका थिए ।

१८ गतेदेखि तीन दिनसम्म चलेको वर्कसपमा कैलाली बहुमुखी क्याम्पस (KMC), सुदूरपश्चिमाञ्चल क्याम्पस (SPA) संकायमा अध्ययनरत विद्यार्थी र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ( NAST) का व्याचलर इन्जिनियर(BE) र व्याचलर कम्प्युटर एप्लिकेसन(BCA) मा अध्ययनरत विद्यार्थी गरि करिब एक सय जनाको सहभागिता रहेको थियो । भने काठमाडौ बिश्वविद्यालयका एआई विभागका प्रमुख डा. यज्ञ राज पाण्डेय लगायत एआई इन्जिनियरले प्रशिक्षण दिएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo