KhabarUjyalo

अत्तरियाको एक होटेलबाट लागुऔषधसहित ५ जना युवक पक्राउ

१८ जेष्ठ २०८१, शुक्रबार
अत्तरियाको एक होटेलबाट लागुऔषधसहित ५ जना युवक पक्राउ

धनगढी : कैलालीको अत्तरियाको एक होटेलबाट लागुऔषध (खैरो हिरोइन) सहित ५ जना युवक पक्राउ परेका छन्।

शुक्रवार गोदावरी नगरपालिका–२ बसपार्क रोडस्थित डोटी बैतडी होटेलको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत रहेका छन्।

यस्तै, गोदावरी–३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका–७ का ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ९४० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ। यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo