KhabarUjyalo

डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला

१७ जेष्ठ २०८०, बुधबार
डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला

डडेल्धुराः डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन्।

मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेकी हुन्। बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएको थियो। अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दुरीको जंगलमा मृत अवस्थामा फेला पारेको छ।

घटना बारे थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo