KhabarUjyalo

रानाथारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति बनिन् जीवन राना

१७ जेष्ठ २०८०, बुधबार
रानाथारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति बनिन् जीवन राना

धनगढी – धनगढीकी डाक्टर जीवन राना नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो ब्यक्ति बनेकी छन् । आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उनी पहिलो व्यत्ति बनेकी हुन् । उनले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेकी हुन् । रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पारेकी थिईन् ।

कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारू समुदायको शैक्षिक अवस्था अझै पनि सन्तोषजनक छैन। पछाडि परेको समुदायबाट आफूले विद्यावारिधि गरेपछि रानाले यसलाई ठूलो उपलब्धि भएको बताएकी छन् । नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध रहेकी छन् । उनले रानाथारू समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतको विकासका लागि पैरवीसमेत गर्दै आएकी छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo