KhabarUjyalo

गणतन्त्र दिवसको अवसर पारेर चौमाला स्वास्थ्य केन्द्रमा बिरामीहरुलाई फलफूल वितरण

१६ जेष्ठ २०८०, मंगलवार
गणतन्त्र दिवसको अवसर पारेर चौमाला स्वास्थ्य केन्द्रमा बिरामीहरुलाई फलफूल वितरण

धनगढी :कैलालीको गौरिगंगा नगरपालिकामा गणतन्त्र दिवसको अवसर पारेर मंगलबार चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । गौरिगंगा नगर स्तरीय मेलमिलाप केन्द्रको आयोजना तथा गौरीगंगा न्यायिक समितीको समन्वयमा गणतन्त्र दिवस पारेर एक औपचारिक कार्यक्रम गरि विरामीलाई फलफूल वितरण ग्रेको हो ।

।चौमाला स्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर उपचार बिरामीहरुको स्वास्थ अवस्था बारे जानकारी लिदैँ करिब ३० जना बिरामी लाई फलफुल र जुस बितरण गरेका छन। मेलमिलाप केन्द्रका नगर संयोजक हेमन्त राज जोशी(बाजे) को सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी गौरीगंगा उप-प्रमुख तथा न्यायिक समिती संयोजक भोज बहादुर बम,कार्यपालिका सदस्य रुपा जोशी,जन स्वास्थ निरीक्षक प्रमुख कर्ण बहादुर बिस्वकर्मा,पुर्ब जनस्वास्थ्यकर्मी चुडामणि जोशी,वडाका मेलमिलापकर्ताहरु र कर्मचारीहरुको उपस्तिथि रहेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo