KhabarUjyalo

बेहडाबाबास्थित महादेव तालमा फेला परेको शव डडेल्धुराका युवकको

१६ जेष्ठ २०८०, मंगलवार
बेहडाबाबास्थित महादेव तालमा फेला परेको शव डडेल्धुराका युवकको

धनगढी, १६ जेठ । धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुलेको छ। उनी डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए। उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो। उनीसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo