KhabarUjyalo

धनगढीको बेहडाबाबा स्थित तालमा एक जनाको शव फेला

१६ जेष्ठ २०८०, मंगलवार
धनगढीको बेहडाबाबा स्थित तालमा एक जनाको शव फेला

धनगढी : कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा शव फेला परेको छ । आज बिहान बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेव तालमा तालमा शव फेला परेको हो ।

शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट तीन जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

गङ्गा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको बाक्लो भीड लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo