KhabarUjyalo

धनगढीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

१६ जेष्ठ २०८०, मंगलवार
धनगढीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

धनगढी, १६ जेठ । धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा विकसीत भएको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो। स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उप–महानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो।

बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ। गंगादशहरा मेलामा भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ। मेला आयोजनाले बेहडाबाबालाई आन्तरिक र बाह्य पर्यटकहरुको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ। यस अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक विदा दिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo