दार्चुला: नदीमा बगेर दार्चुलामा एक किशोर बेपत्ता भएका छन्।
जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगरस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर सोही स्थानका कुबेरसिंह धामीका छोरा अन्दाजी १५ वर्षीय सुदिप धामी बेपत्ता भएका हुन्।
धामी दार्चुलास्थित महेन्द्र नमुना माविमा कक्षा १० मा अध्यनरत रहेका थिए । उनि सोमवार दिउँसो नदिमा नुहाउने क्रममा बगेको प्रहरीले जनाएको छ।