KhabarUjyalo

प्रेमि भेट्न सात समुन्द्र पारिबाट नेपाल आइपुगिन् पाकिस्तानकी टिकटकर अलिजेह !

१५ जेष्ठ २०८०, सोमबार
प्रेमि भेट्न सात समुन्द्र पारिबाट नेपाल आइपुगिन् पाकिस्तानकी टिकटकर अलिजेह !

धनगढी : नेपालका टिकटकर आयुषसिंह ठकुरीलाई भेट्न  पाकिस्तानकी टिकटकर अलिजेह जमाली नेपाल आएकी छन् ।
टिकटक लाइभमा लोकप्रिय रहेका यी जोडी आइतबार प्रत्यक्षरुपमा भेटघाट गरेका छन् । टिकटकबाट प्रेम सम्बन्धमा रहेका थिए । आइतबार पाकिस्तानकी टिकटकर अलिजेह जमाली नेपाली टिकटकर आयुषसिंह ठकुरीलाई भेट्न काठमाडौ पुगेकी हुन् । उनीसंगै उनकी आमा र बहिनी पनि नेपाल आएकी छन् ।

आयुष र अलिजेहसॅंगै टिकटक लाइभमा २ लाख २५ हजार जना हेरेका थिए सो अवसरमा दुबै परिवारले टिकटक सेलिब्रेट गरेका थिए ।

टिकटकर आयुषसिंह ठकुरीले फेसबुकमा राखेको एक भिडियोमा आयुशले अलिजेहलाई औंठी लगाएको देखिन्छ ।

पाकिस्तानकी टिकटकर अलिजेह हाल दुबईमा बस्दै आएकी थिइन् । टिकटकमा जमाली र ठकुरी प्राय लाइभमा भेट्टिरहन्छन्।
उनीहरु दैनिक २ लाख भन्दा धेरै दर्शकसँग लाइभ मार्फत जोडिन्छन्। जालिमले नेपाल बसाईका क्रममा केही म्यूजिक भिडिओमा अभिनय गर्ने छिन्। उनले नेपालका केही स्थानको भ्रमण समेत गर्नेछिन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo