KhabarUjyalo

‘नेपाल घुमाैँ नेपाल चिनाैँ’ अभियान चलाइने

१५ जेष्ठ २०८०, सोमबार
‘नेपाल घुमाैँ नेपाल चिनाैँ’ अभियान चलाइने

काठमाण्डाै – आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटन क्षेत्रका लागि चालु वर्षमा नाै अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आउँदाे आर्थिक वर्षका लागि साढे दुई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । 

सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo