KhabarUjyalo

चर्चित हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ आजदेखि प्रसारण हुँदै

११ जेष्ठ २०८०, बिहीबार
चर्चित हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ आजदेखि प्रसारण हुँदै

हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ को तेस्रो सिजन आज बिहीबारदेखि प्रसारण हुने भएको छ। 

आज बेलुका ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुनेछ।

सिजन २ पछि केही समय विश्राम लिई दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको निर्माण टिमले बताएका छन्।

केही दिनअघि ‘सक्किगोनि’ को टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको थियो। मार्मिक टिजर सार्वजनिक गरे पनि ‘सक्किगोनि’ हाँस्य विधामा बन्ने बताएको छ। 

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको ‘सक्किगोनि’ मा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन्। कार्यक्रममा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, प्रियाना आचार्यलगायत कलाकारको अभिनय छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo