KhabarUjyalo

आफुविरुद्ध फेरि सर्वोच्चमा मुद्दा परेपछि रवि लामिछाने भने- इरिटेड गर्ने पनि सीमा हुन्छ

११ जेष्ठ २०८०, बिहीबार
आफुविरुद्ध फेरि सर्वोच्चमा मुद्दा परेपछि रवि लामिछाने भने- इरिटेड गर्ने पनि सीमा हुन्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेको छ।

अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेको छ।

आफ्नो नागरिकतासम्बन्धी फेरि मुद्दा दर्ता भएपछि लामिछानेले इरिटेड गर्नुको पनि सीमा हुने बताएका छन्।

बिहीबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्,‘ मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ। सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ। अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ। टेलिभिजन बाट घोक्रो सुक्ने गरी सप्रमाण बोली सकेको थिएँ। घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’

यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपुर्‍याएर पुनस् नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo