KhabarUjyalo

चिया पकाउदा ग्यास बिस्पोट हुँदा घाइते भएका दार्चुलाका अमरसिंहको ज्यान गयो

११ जेष्ठ २०८०, बिहीबार
चिया पकाउदा ग्यास बिस्पोट हुँदा घाइते भएका दार्चुलाका अमरसिंहको ज्यान गयो

धनगढी। चिया पकाउने क्रममा ग्यास बिस्पोट हुँदा जलेर घाइते भएका दार्चुलाका अमरसिंह ठगुन्नाको ज्यान गएको छ । 

नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा ग्यास बिस्फोट हुँदा जलेर घाइते भएका थिए। घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारकाक्रममा मृत्यु भएको हो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo